श्रीमतीको जन्मदिन भुल्दा ज्यान गयो


 आफ्नो पति वा प्रेमीले जन्मदिनको दिन शुभकामना दिन भुल्यो भने महिलाले के गर्लान् ? नबोल्ने, रिसाउने वा घुर्काउने । तर रुसकी एक महिलाले भने जन्मदिनमा शुभकामना दिन भुलेको भन्दै आफ्नै लोग्नेको हत्या गरेकी छिन् ।

दक्षिणी रुसकी ४५ वर्षकी लियालियाले आफ्नो जन्मदिन समेत भुलेको भन्दै पति खाल्पिकको हत्या गरेकी हुन् । बिहानै उठेर श्रीमानले बर्थडे विस गरोस् भन्ने लिया चाहन्थिन् । तर खाल्पिकले त्यस दिन श्रीमतीको जन्मदिन हो भन्ने कुरा बिर्सिएर सधैझैँ काममा गए ।

बिहान बिर्सिएपनि श्रीमानले दिउँसो सम्झिएलान् र बेलुकी आउँदा फूलको गुच्छा लिएर आउलान् भन्ने आशामा बसेकी लिया तब आगो भइन् जब खाल्पिक खाली हात घर फर्के । लियाले मिठामिठा परिकार पकाएको देख्दा पनि खाल्पिकले आज उनको जन्मदिन हो भन्ने पत्तो पाएनन् ।

त्यसपछि लियाको पारो चढ्दै गएको र अन्त्यमा भान्सामा प्रयोग गर्ने छुरीले श्रीमानको छातिमा रोपिन् । श्रीमतीको जन्मदिन भुल्दा ज्यानै गुमाउनुपर्छ भन्ने थाहा पाएको भए सायद खाल्पिकले जन्मदिन कण्ठस्थ पार्थे होला । तर श्रीमतिको बानी नबुझ्दा सानै निहुँमा ज्यान गुमाउनुपर्‍यो ।

Posted on August 18, 2011, in International, News. Bookmark the permalink. 1 Comment.

  1. testo pani hunncha ra janam din bhulyo vaner husband lai na kill garne

यसमा तपाईंको प्रतिक्रिया

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.