फेसबुकजस्तै नमस्तेमित्र डट कम
काठमाडौं, भदौ ४ – विश्वभर लोकप्रिय इन्टरनेट सामाजिक सञ्जाल फेसबुकजस्तै नेपाली वेबसाइट तयार भएको छ। ‘नमस्तेमित्र डट कम’ नामको यो साइट अहिले परीक्षण भइरहेको छ। ‘फेसबुक नेपालमा सबैभन्दा बढी हेरिने इन्टरनेट सामाजिक सञ्जाल भएको छ,’ युरोपेली राष्ट्र बेल्जियमबाट सञ्चालित नमस्तेमित्रका सञ्चालक नेपालका सुदर्शन सिंखडाले भने, ‘इन्टरनेट सामाजिक सञ्जालमा पनि नेपालीपन आओस् भनेर सुरु गरेका हौं।’
उनका अनुसार नमस्तेमित्रमा फेसबुकका सबै सुविधा उपलब्ध हुनेछन्। साथी बनाउने, च्याट रुम, ग्रुप बनाउने, फोटो सेयर गर्नेलगायत सुविधा रहेका छन्। ‘पहिलो चरणमा हाम्रो सञ्जालमा ५ लाख सदस्य बनाउने लक्ष्य छ,’ सिंखडाले भने, ‘आवश्यकता अनुसार क्षमता बढाउँदै लान्छौं।’ इन्टरनेटका अधिकांश ग्राहकले कम्प्युटरमा बस्नेबित्तिकै फेसबुक खोल्ने गर्छन्। हाल नेपालमा फेसबुक प्रयोगकर्ता १० लाख नाघेको अनुमान छ।
Posted on August 21, 2011, in Information & Technology, News. Bookmark the permalink. 1 Comment.









yo site ta joomla ko social networking plugins use garera banako ho. yesma template bahek kunai pani kisim ko mehanat developerle gareka chainan. Yes kisim ko site le market lela ya facebook ko cheu ko pani compition garla vanera ma patyaudina.