सावधान, एनसेलको रिचार्ज कार्ड नक्कली पर्ला


काठमाडौं, पुस २८ – प्रहरीले निजी क्षेत्रको मोबाइल कम्पनी एनसेलका नक्कली रिचार्ज कार्डसहित बिक्रेतालाई पक्राउ गरेर दूरसञ्चार प्राधिकरणमा बुझाएको छ। प्रहरीले वीरगन्जस्थित गुप्ता इन्टरप्राइजेजका प्रोप्राइटर मनोजकुमार गुप्तालाई एनसेलको दुईहजार पाँचसय ५३ थान रिचार्ज कार्डसहित पक्राउ गरेको हो। नक्कली कार्डसहित प्रहरीले गुप्तालाई बुधबार दूरसञ्चार प्राधिकरणमा बुझाएको छ। ५० रुपैयाँ दरका यी कार्डहरुमध्ये अधिकांश अर्कैबाट रिचार्ज भइसकेको गुनासो आएपछि प्रहरीले एनसेलको आधिकारिक बिक्रेता गुप्तालाई पक्राउ गरेर कारबाहीका लागि प्राधिकरणमा बुझाएको हो।

‘हाम्रो प्रारम्भिक छानबिनबाट एउटै पिन नम्बर छापिएका दोहोरो कार्डहरु परेको अनुमान गरिएको छ,’ प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले भने। उनले यो विषयमा थप अनुसन्धान गर्ने तयारीमा प्राधिकरण रहेको बताए।

एनसेलले पनि यो विषयमा अनुसन्धान भइरहेको जनाएको छ। ‘हामीले पनि यो विषयमा जानकारी पायौं, अनुसन्धान गर्दैछौं,’ एनसेलका प्रमुख कार्यकारी अधिृकत पासी कोइस्टिनेनले भने। एनसेलले अनुसन्धानपछि तथ्यहरु सार्वजनिक गर्ने जनाएको छ।

प्रहरीले पक्राउ गरेर ल्याइएका गुप्तालाई प्राधिकरणले पछि आवश्यक परेको समयमा उपस्थित हुने गरी छाडेको छ।

Posted on January 12, 2012, in News. Bookmark the permalink. 1 Comment.

  1. thanx for the post…

यसमा तपाईंको प्रतिक्रिया

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.