धूमपानको लत छाड्न भारत्तोलनको व्यायाम


नियमित भार उठाउने व्यायाम (वेट लिफि्टिङ) गरेमा धूमपान गर्ने लत छुट्ने एक अनुसन्धानले देखाएको छ । लण्डनको रोड्स आइल्याण्डमा रहेको मरियम हस्पिटलका अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानले वेट लिफि्टङको व्यायामले सरिरका मांशपेशी तन्दुरुस्त पार्ने मात्र होइन धूमपानको लत छाड्नमा सघाउ पुराउने तथ्य पत्ता लगाएको हेा ।

निकोटिन एण्ड टोब्याको जर्नलमा प्रकाशित अनुसन्धान प्रतिबेदन अनुसार एरोबिक ब्यायामले धुमपानको लत छोड्न सहयोग पुराउनुका साथै बढ्ता मोटो हुनबाट पनि बचाउँछ । अध्ययनको क्रममा शोधकर्ताहरुले १८ देखि ६५ वर्ष उमेर समूहका २५ जना महिला र पुरुषलाई निगरानीमा राखेका थिए जो कम्तिमा १ वर्षदेखि दिनको ५ खिल्ली चुरोट पिउँथे । उनीहरुलाई सबैलाई सुरुमा २० मिनेटको परामर्श दिइयो र दुइ समूहमा बाड्नु अघि ८ हप्तासम्म निकोटिन दिइयो । पहिलो समूहलाई १२ हप्तासम्म दिनको ६० मिनेट को भारवहन व्यायाम गराइयो । शोधकर्ताहरुले त्यस समूहका मानिसलाई हरेक तिन हप्तामा व्यायामको गति र भार बढाउँदै लगे ।

अर्कोतिर दोश्रो समूहका मानिसलाई कुनै व्यायाम गराइएन र मात्र हरेक हप्ता सुस्वास्थ्य सम्बन्धि भिडियो देखाइयो । १६ हप्तापछि निष्कर्ष के निस्कियो भने व्यायाममा संलग्न पहिलो समूहका १६ प्रतिशत मानिसले धूमपानको लत त्यागे र उनीहरुको तौल र बोसो पनि घट्यो । व्यायाम नगराइएका दोश्रो समूहका मानिसहरु मध्ये भने जम्मा ८ प्रतिशतले मात्र धूमपानको लत छाड्न सफल भए र उनीहरुको तौल र मोटोपन पनि बढेको पाइयो । यसबाट अनुसन्धानकर्ताले निष्कर्ष निकाले की भारवहन गर्ने व्यायाम तौल घटाउन र मोटोपन कम गराउन मात्र होइन धूमपानको लत छाड्न पनि सहयोगी हुन्छ ।

Posted on January 31, 2012, in News. Bookmark the permalink. Leave a Comment.

यसमा तपाईंको प्रतिक्रिया

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.