अब अरुले सोँचेको कुरापनि सुन्न सकिने !


१८ माघ, काठमाण्डौ । अमेरिकी वैज्ञानिकहरुले यस्तो अत्याधुनिक प्रविधिको विकाश गरेको दाबी गरेका छन् की त्यसको माध्यमबाट कुनै व्यक्तिले सोँचिरहेको विषय अर्को व्यक्तिले सुन्न सक्छ । क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरुले मस्तिष्कबाट निस्कने तरंगहरु पढ्नसक्ने प्रविधिको विकाश गरेको दाबी गरेका हुन् । यसबाट कुनैपनि व्यक्ति बोल्नुभन्दा पहिले नै उसले के बोल्न खोज्दैछ भन्ने कुरा अर्को व्यक्तिले जान्न सक्छ ।

मस्तिष्कमा केही उपकरण लगाएर कम्प्युटर प्रोग्रामको सहायताले यो सम्भव भएको वैज्ञानिकहरुको दाबी छ । पछिल्लो खोज मस्तिष्क रोगी तथा बोल्न नसक्ने मानिसहरुका कुरा समेत बुझ्न सहयोगी हुने वैज्ञानिकहरुको भनाइ छ । साथै बोल्न नसक्ने व्यक्तिहरुको लागि पछिल्लो अनुसन्धान वरदान सावित हुने दाबी उनीहरुको छ ।

वैज्ञानिकहरुले आफ्नो अनुसन्धानका क्रममा उक्त उपकरण मस्तिष्कको त्यस भागमा स्थापित गरेका थिए जसले मानिसलाई बोल्न निर्देशित गर्दछ । मस्तिष्कको उक्त भागबाट भाषा वा बोलीका जटिल विद्युतिय तरंग उत्पन्न हुन्छन् ।

ती तरंगहरुलाई कम्प्युटरको सहायताले ध्वनी तरंगमा बदलेर त्यसलाई डिकोड गरी बोलिचालीको भाषा वा शव्दको रुपमा सुन्न सकिन्छ । शोधकर्ताहरुले अनुसन्धान गरेको व्यक्तिले बोल्न खोजेको वा सोँचेको कुरा उक्त उपकरणबाट पत्ता लगाएका थिए ।

Posted on February 2, 2012, in News. Bookmark the permalink. Leave a Comment.

यसमा तपाईंको प्रतिक्रिया

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.