४० बच्चा जन्माउने सर्प (भिडियो सहित)


एनाकोडाको नाम सुन्दा तपाइँलाई हलिउड फिल्मका विशाल तथा डरलाग्ने खालका सर्पको याद आउनेछ । हो यहीँ एनाकोडा जातको सर्पको विषयमा एउटा रोचक तथ्य हामी प्रस्तुत गर्दैछौँ ।

दक्षिण अमेरिकामा पाइने एनाकोडा जात मध्ये विश्वकै सबैभन्दा ठूलो सर्पको रुपमा रहेको हरियो एनाकोडा सर्पको प्रजाति आकारमा जति ठूलो हुन्छ त्यसको प्रजनन शक्ति पनि उत्तिकै विशाल हुन्छ ।

अधिकतम ८.८ मिटर लामो र २ सय २७ किलोग्रामसम्म वजन हुने यो सर्पको पोथीले एकपटकमा २० देखि ४० वटासम्म बच्चा जन्माउँछ ।

स्मरण रहोस् सर्पका केही प्रजातिले फुल पार्छन् भने केहीले बच्चा जन्माउँछन् ।

यो एनाकोडाले जन्माउने बच्चाको लम्बाइ झण्डै २ फिटसम्म हुन्छ ।

यी बच्चा जन्मिनेबित्तिकै पानीमा तैरिन सुरु गरिहाल्छन् र सिकारको खोजीमा निस्किन्छन् ।

हेरौँ एनाकोडाले बच्चा जन्माउने समयको यो भिडियो

Posted on February 2, 2012, in News. Bookmark the permalink. Leave a Comment.

यसमा तपाईंको प्रतिक्रिया

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.