चन्द्रलाई नाप्न गिनिजबुकवालाहरु आउने
चन्द्रबहादुरको उचाइ नाप्न गिनिज बुकका अधिकारीहरु नेपाल आउँदैछन्। फोटो सौजन्यः गिनिज बुक
दाङ जिल्ला पुरन्धरा–८ का चन्द्रबहादुर डाँगीको उचाइ २२ इञ्च मात्र भएकोले विश्वकै होचो ब्यक्ति हुनसक्ने विषयमा विभिन्न मिडियामा सुन्नु अथवा पढ्नु भएकै होला। नयाँ कुरा के भयो भने बिस्तारै चन्द्रबहादुरको प्रचार विश्वव्यापी हुँदैछ। बुधबार नेपाल टेलिभिजनले पनि पार्कको बेञ्चबाट उफ्रेको र पत्रकारहरुका अगाडि हिँड्दै गरेको भिडियोसहितको समाचार प्रसारण गरेको थियो। अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले पनि उनको फोटोसहितको समाचार दिएको छ। ७२ वर्षका चन्द्रबहादुरको बारेमा सोमबार मात्रै सार्वजनिक भएको हो।
अब उनको उचाइ नाप्न गिनिज बुक अफ वर्ल्ड रेकर्डसका अधिकारीहरु नेपाल आउने भएका छन्। कहिले आउँदैछन् त ? एएफपीका अनुसार अबको केही हप्ताभित्रै रे।
गिनिज बुकले आफ्नो साइटमा उनको भिडियोसमेत राखेको छ। भिडियो र फोटो हेर्न भित्र आउनुस्।
कीर्तिमान तोडिएला त ? चन्द्रबहादुर डाँगीको उचाई नाप्न आउँदैछन् गिनिजबुकवाला। फोटो सौजन्यः सुब्रत न्यौपाने/एएफपीचन्द्रबहादुरको उचाइ २२ इञ्च (५६ सेमी) र वजन १२ किलो मात्र रहेको दावी गरिएको छ। गिनिज बुककका प्रधान सम्पादक Craig Glenday ले एएफपीलाई आधिकारिक रुपमा उचाइ नाप्न केही हप्ताभित्रै उनको गाउँमा जाने बताएका छन्।
यसअघि छिमेकी देश चीनका पिङपिङ थिए सबैभन्दा होचा व्यक्ति। उनी मरेपछि नेपाल कै खगेन्द्र थापा मगर भएका थिए विश्वका होचा व्यक्ति। तर ८ महिनापछि नै फिलिपिन्सका जुन्रे बालाविङले उपाधि खोसे। खगेन्द्रको उचाइ २६ इञ्च थियो भने जुन्रेको २३.५। चन्द्रबहादुरको २२ इञ्चमात्रै हो भने उनी अहिलेसम्म भेटिएका मध्ये सबैभन्दा होचा पुरुष हुनेछन्। यो कीर्तिमान भारतका गुल मोहम्मदको नाममा छ। १९९७ मा मरेका उनको उचाइ २२.५ थियो।
७२ वर्ष अघि सल्यानको रामपुर गा.वि.स.मा जन्मिएका चन्द्रबहादुरले २०६६ सालमा सल्यान जिल्लाबाट नागरिकता लिएका थिए। तर खै अहिलेसम्म उनको बारेमा कसैले केही कुरा किन बाहिर नल्याएका होलान्, अचम्मै छ।
गिनिज बुकले राखेको चन्द्रको भिडियो हेर्न तल क्लिक गर्नुस्-
Posted on February 4, 2012, in News. Bookmark the permalink. Leave a Comment.










Leave a Comment
Comments (0)